काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुले निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दर्ता गराएका छन् । आयोगले निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५ हजार रुपैयाँ जरिवानाको निर्णय गरेपछि रास्वपाका सांसदहरुले त्यसविरुद्ध आइतबार उच्च अदालत पाटनमा रिट दर्ता गराएका हुन् । रास्वपाका सांसदहरू सोबिता गौतम, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र गणेश पराजुलीले आयोगको निर्णयविरुद्ध रिट दर्ता गारउनुभएको हो ।
आयोगले गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने २४ सयभन्दा बढी उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवानाको निर्णय गरेको छ । त्यसमा रास्वपाका सांसदहरु गौतम, खनाल, श्रेष्ठ र पराजुली समेत पर्नुभएको छ ।
रास्वपाका सांसदहरु गौतम, खनाल, श्रेष्ठ र पराजुलीले आयोगले आफूहरुलाई प्रक्रिया पूरा नगरी कारबाही भन्दै रिट दर्ता गराउनुभएको हो । रिटमा जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय, पत्राचार र प्रेस विज्ञप्ति गैरकानुनी, स्वेच्छाचारी, अतार्किक र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ ।
दायर रिटमा निर्वाचन आयोगलाई संवैधानिक र कानून बमोजिमको काम गर्न र जन निर्वाचित प्रतिनिधिको मानमर्दन नगर्न तथा प्रचारमुखी कार्यमा नलाग्न विशेष न्यायिक टिप्पणी जारी गर्न समेत माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ साउन २०८०, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार
गृह, संघीय मामिला र भूमि मन्त्रीलाई कारबाही गर्न रास्वपाको माग
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
निर्वाचन आयोगले पठायो रास्वपालाई पत्र (पत्रसहित)
हस्ताक्षर अभियानमा हस्तक्षेप भयो: रास्वपा
रास्वपाद्वारा रुपन्देही-३ मा उम्मेदवारका लागि आवेदन आह्वान