एनआरएन पोर्चुगल निर्वाचन : महासचिवमा भरत घर्ती चुनाव लड्ने

सफल खबर संवाददाता

शनिबार, १३ साउन २०८०, १४ : ५१
एनआरएन पोर्चुगल निर्वाचन : महासचिवमा भरत घर्ती चुनाव लड्ने

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको महासचिवमा चुनाव हुने भएको छ । उम्मेदवारी फिर्ती लिने अन्तिम समय हिजो जुलाई २८ तारिख राति १० बजे सम्म महासचिवका प्रत्यासी भरत प्रकाश घर्ती र उनका प्रतिद्वन्दीले उम्मेदवारी फिर्ता नलिएपछि निर्वाचन हुने भएको पक्का भएको हो । 

यही ३० जुलाईमा हुने एनआरएनए पोर्चुगलको नवौं राष्ट्रिय महाधिवेशनमा घर्तीले आफूलाई बलियो उम्मेदवारीको रूपमा खडा गरेका छन् । 'हामी त सहमति मै अगाडि बढौं भन्ने सोचेका थियौं, तर साथीहरू मान्नुभएन,' घर्तीले भने, 'चुनाव लड्नु पर्ने स्थिति बन्यो, पछाडि हट्ने कुरा नै भएन।' 

जाजरकोट घर भएका ३० वर्षीय उनी विगत ५ वर्षदेखि पोर्चुगलमा बस्दै आइरहेका छन् । नेपालमा रहँदा पनि स्थानीय स्तरमा  सामाजिक सेवामा लागेका उनी पोर्चुगलमा युवा युवतीहरू माझ निकै लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस