शान्ति मिसनका लागि दक्षिण सुडान गएका सैनिक जवान मृत भेटिए

सफल खबर संवाददाता

शनिबार, १३ साउन २०८०, १२ : ५४
शान्ति मिसनका लागि दक्षिण सुडान गएका सैनिक जवान मृत भेटिए

काठमाडौं। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ ।जाजरकोटको खलङ्गा गाउँपालिका वडा नं. ६ निवासी अमल्दार रामबहादुर बाठा यही साउन ११ गते मृत अवस्थामा फेला परेका नेपाली सेनाले जनाएको छ ।

 

सेनाका अनुसार शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार सुडानको रुम्बेकस्थित गण हेड क्वार्टरमा रहेको भेहिकल वर्कशपमा घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए ।

अहिले उनको पार्थिव शरीर पोस्टमार्टमको प्रक्रिया तथा अनुसन्धानको क्रममा रहेको र पोस्टमार्टमपश्चात नेपाल ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस