काठमाडौँ । संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री सुदन किराँतीले, फरक पहिचान भएकाहरूलाई अझै पनि समाजले स्वीकार गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
काठमाडौँमा आयोजित फरक पहिचान भएकाहरूका लागि आयोजित ट्रेकिङ गाइड प्रशिक्षण तथा प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री किरातीले, प्राकृतिक यथार्थलाई स्वीकार गर्न नसक्ने समाज खुसी हुन नसक्ने बताए ।
‘प्रकृतिलाई स्वीकार गर्न सक्ने, प्रकृतिसँग खेल्न सक्ने मान्छे मात्रै जीवनमा सुखी हुन्छ, हामीले प्रकृतिलाई स्वीकार गर्ने हो भने मात्रै हामी सुखी हुन सक्छौ ।’ उनले भने ।
संविधान मै फरक पहिचान भएकाहरूले ठूलो संघर्षबाट नागरिकताको अधिकार प्राप्त गरेको स्मरण गर्दै उनले सामाजिक परिवर्तन अझै आवश्यक रहेको बताए।
उनले भने ‘समाजमा अहिले पनि तुच्छ व्यवहार गरिन्छ, प्रकृतिको नियम हो यो कसैको चाहना होइन, जसले प्रकृतिलाई अस्वीकार गर्छ ती मान्छेहरू प्रकृति विरोधी हुन्, ती समाजहरू प्रकृति विरोधी समाजहरू हुन् जो आफू सभ्य, वृद्धिजीवि भएर प्रस्तुत हुन्छन्, जब यो प्रकृतिको उपहारहरूलाई स्वीकार गर्न सक्दैनन्, भने तिनीहरूलाई हामीले बौद्धिक भन्न सक्दैनौ । यो शताब्दीको मानव समाज भन्न सक्दैनौ ।’
उनले आफ्नो वंश निर्माण गर्न नसक्ने यो समुदायलाई सजाय नभई सहयोगको आवश्यकता हुने भन्दै त्यसका लागि आम नागरिकको ध्यानाकर्षण गराए ।
‘यो समुदायको वंश हुदैँन् । सजाय होइन सहयोगको आवश्यक हुन्छ । तपाईँहरूसँग सरकार सधैँ हुन्छ तपाईँहरूले आफ्नो समुदायमा आफूले सिकेको ज्ञानलाई यो समाजमा दिँदै जानु । ’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्छ : सुदन किराँती
प्रधानमन्त्रीले सहज रुपमा सदनबाट विश्वासको मत पाउनुहुन्छ : किराँती
निगम सुधारबारेको ‘प्रतिवेदनमाथिको प्रतिवेदन’ संस्कृतिमन्त्री किराँतीलाई बुझाइयो
प्रदेशमा रहेको धार्मिक स्थल प्रदेशकै मातहतमा ल्याइने
किरातीले आफैँ गरे मन्त्रालयको कार्यकक्षमा सरसफाइ
हवाई टिकटको मूल्य घटाउने सहमति