भिजी इम्पेक्स र एभरेष्ट बैंकबीच वित्तीय सम्झौता

सफल खबर संवाददाता

बुधबार, १० साउन २०८०, १६ : ४९
भिजी इम्पेक्स र एभरेष्ट बैंकबीच वित्तीय सम्झौता

काठमाडौं। नेपालमा जीडब्लूएम सवारीसाधनहरूको एकमात्र आधिकारिक आयातकर्ता र वितरक भिजी इम्पेक्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच वित्तीय सम्झौता वित्तीय सम्झौता भएको छ ।बैंकसँग आईसीई सवारीसाधनहरू हाभल जोलायन, हाभल एच६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता भएको हो ।

 

सम्झौतामा भिजी इम्पेक्स – जीडब्लूएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र एभरेष्ट बैंकका उप–महाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरेका छन् ।जीडब्लूएमका कुनै पनि सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

 

यसले ग्राहकहरूलाई  प्रतिस्पर्धी ब्याज दरहरू, डाउन पेमेनट र कर्जा अवधिसहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ । जुन ग्राहहरूले आफ्नो आवश्यकताहरूको आधारमा छनौट गर्न सक्छन् ।

सम्झौताअनुसार बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट आरओआई (ब्याजदर ) सहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ । ३ वर्षसम्मको कर्जा अवधिको लागि, न्यूनतम प्रभावकारी आरओआई (ब्याजदर) १०.८० प्रतिशत रहने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस