काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवैध सुन प्रकरणका सन्दर्भमा अनुसँनधान जारी रहेको भन्दै संसदमा नबोल्ने नीति लिने भएको छ । ‘सुन प्रकरणमा यसो गरौं भन्ने केही छैन,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणको विषयमा नैतिक जिम्मेवारी लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएको छ । संसदमै गृह र अर्थमन्त्रीको राजीनामा माग्ने एमालेको तयारी छ ।
तर, रास्वपाले अनुसन्धानमा रहेको विषयमा संसदमा मौन रहने नीति लिने भएको हो । ‘एमालेले कुनै पनि विषय उठाउन सक्छ्, उठाओस्, रास्वपा एमालेको पछि लाग्दैन्,’ प्रमुख सचेतक परियारले भने ।
रास्वपाको पनि संसदीय दलको बैठक बस्दैछ । मंगलबार पनि रास्वपाको संसदीय दलको बैठक बसेको थियो । संसदमा उठाउनुपर्ने विषय र खेल्नुपर्ने भूमिकाका विषयमा संसदीय दलको बैठकमा छलफल हुने तर अन्य प्रतिपक्षी दलहरुले जे जस्ता विषय उठाउँछन् त्यसमा समर्थन जनाएर जाने भन्ने नहुने रास्वपाका नेताहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० साउन २०८०, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
सन्तोष परियारले छाडे रास्वपा
रास्वपामा समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार कायम
रास्वपाको हस्ताक्षर अभियान’मा कति उठ्यो पैसा ?
यस्तो छ रास्वपाका कार्यवाहक सभापति अर्यालको प्रतिवेदन
रास्वपाको पार्टी सदस्य संख्या ३ लाख, ३ जिल्लामा समिति बन्न बाँकी