गौरिका सिंहले तोडिन् आफ्नै राष्ट्रिय कीर्तिमान

सफल खबर संवाददाता

सोमबार, ०८ साउन २०८०, १४ : ३८
गौरिका सिंहले तोडिन् आफ्नै राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपाली खेलाडी गौरिका सिंहले आफ्नै राष्ट्रिय कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएकी छन् । जापानको फुकुओकामा जारीको ‘वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३’को एक सय मिटर ब्याकस्ट्रोक स्पर्धामा ओलम्पियन गौरिकाले नयाँ कीर्तिमान बनाएकी हुन् । 

उनले  निर्धारित दूरी एक मिनेट ०.८० सेकेन्डमा पूरा गरिन् । कुल ६१ खेलाडीको सहभागिता रहेको हिट चरणमा गौरिका ५१ औं स्थानमा रहिन् । यसअघि पनि उक्त कीर्तिमान गौरिकाकै नाममा रहेको थियो । 

उनले सन् २०१६ मा भारतको हुवाहाटी सिलोङमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा निर्धारित दूरी एक मिनेट ०७.३१ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेकी थिइन् । 
 

प्रतिक्रिया दिनुहोस