कांग्रेस केन्द्रीय समितिको बैठक आइतबारसम्म स्थगित्

सफल खबर संवाददाता

शुक्रबार, ०५ साउन २०८०, १९ : ४२
कांग्रेस केन्द्रीय समितिको बैठक आइतबारसम्म स्थगित्

काठमाडौं । ४ दिनदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन ७ गतेसम्मका लागि स्थगित भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबारको बैठकमा साउन ७ गते बिहान ११ बजेदेखि फेरी बस्नेगरी बैठक स्थगित् भएको जानकारी गराएका हुन् ।

केन्द्रीय सदस्यहरूले १० एजेन्डामा रहेर ७ मिनेटभित्र धारणा राखिसक्नुपर्छ। केन्द्रीय समिति बैठक अझै केही दिनसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस