एजेन्सी। बंगलादेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट ज्यान गुमाउनेको संख्या एक सय ५५ पुगेको बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय जनाएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको डिजीएचएसले दिएको तथ्यांकअनुसार जुलाईको पहिलो २० दिनमा गत महिना पाँच हजार नौ सय ५६ जनामा लामखुट्टेको टोकाइबाट सर्ने रोगबाट संक्रमित भएपछि देशभर डेंगुका १९ हजार पाँच सय ६९ संक्रमित थपिएका छन् ।
महानिर्देशनालयका अनुसार बिहीबार बिहान एकै दिन राजधानी ढाकामा आठ सय ४५ सहित कुल एक हजार सात सय ५५ नयाँ बिरामी थपिएका छन् । यो वर्षको प्रारम्भदेखि अहिलेसम्म बिरामीको कुल संख्या २७ हजार पाँच सय ४७ पुगेको छ ।
महानिर्देशनालयले सर्वसाधारणलाई झुलभित्र सुत्नेलगायत आवश्यक सुरक्षाका उपाय अपनाउन आग्रह गर्दै लामखुट्टेको प्रजननस्थल पहिचान एवम् नष्ट गर्ने ‘एन्टी लार्भा’ अभियान सञ्चालन गरिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला