काठमाडौं। ५ दिनदेखि रोकिएको फोहोर विसर्जनका लागि प्रहरी पुगेपछि नुवाकोटको बञ्चरेडाँडाका स्थानीय आक्रोशित बनेका छन् । प्रहरीले बल गरेर फोहोर झार्ने तयारी गरेपछि प्रहरी र स्थानीयबीच झडपको स्थिति सृजना भएको छ ।
नुवाकोट र धादिङको सीमा पर्ने ढाँडेबजारमा स्थानीयहरू विरोधमा उत्रिएका हुन् । साउन १ गतेदेखि फोहोर विसर्जन हुन नसकेपछि काठमाडौंका सडकमा फोहोर थुप्रन थालेको छ ।फोहोर उठ्न नसकेपछि काठमाडौं महानगरले फोहोर विसर्जन गर्न प्रहरीको सहयोग माग गरेको थियो ।
त्यसपछि शुक्रवार दुई ट्रक प्रहरीसहित फोहोर बोकेका गाडी पुगेका थिए । आन्दोलनरत एक स्थानीय महिलाले विगतको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतासहित काठमाडौं महानगरका मेयर बालेन साह आउनु पर्ने बताइन् । विगतमा सहमति कार्यान्वयन गर्न काठमाडौं महानगर र शहरी विकास मन्त्रालय इमानदार नबनेको उनीहरूको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, १६ : ३१
लेखकबाट थप