सभापतिलाई गाली गरेर पार्टी रुपान्तरण हुँदैन : राजीव ढुंगाना

सफल खबर संवाददाता

शुक्रबार, ०५ साउन २०८०, १२ : ४४
सभापतिलाई गाली गरेर पार्टी रुपान्तरण हुँदैन : राजीव ढुंगाना

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले सभापतिलाई गाली गरेर पार्टी रुपान्तरण नहुने बताएका छन् ।केन्द्रीय समितिको जारी बैठकमा बोल्ने क्रममा ढुंगानाले भने, ‘पार्टी सभापतिलाई जति बढी गाली गर्यो, त्यति बढी पार्टी रुपान्तरण हुने सोचका साथ एकथरी साथीहरु लाग्नुभएको छ । त्यो भ्रम बाहेक केही पनि होइन ।’

जनताले कांग्रेसमा रुपान्तरण कार्यक्रम र मुद्दामा खोजेको उनले बताए । पार्टी बैठकबाट जनताका लागि कांग्रेसले के निर्णय ग¥यो, नागरिकले हेरिहेको नेविसंघका पूर्व अध्यक्ष समेत रहेका ढुंगानाले बताए ।

तिनै तहका सरकारले प्रभावकारी काम गरे २०८४ को चुनाव देखेर अहिले डराउनुपर्ने अवस्था नरहेको उनले बताए । ‘कार्यकर्तामा आएको संशय यो केन्द्रीय समिति बैठकले चिर्नु पर्दैन र ? नयाँ पार्टी नयाँ नाराका साथ उदाएका हुन् त? के हाम्रो अर्कमष्र्यताका कारण हो? कि हाम्रो प्रवृत्ति पनि जिम्मेवार छ । गम्भिर रुपमा खोतल्नुपर्ने बेला आएको छ,’ ढुंगानाले भने ।

प्रतिक्रिया दिनुहोस