प्रेस युनियनले मनोनयन गर्‍यो ४ केन्द्रीय सदस्य, को-को परे ?

सफल खबर संवाददाता

शुक्रबार, ०५ साउन २०८०, १२ : ०२
प्रेस युनियनले मनोनयन गर्‍यो ४ केन्द्रीय सदस्य, को-को परे ?

काठमाडौँ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत गरिएको छ ।

युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९) को धारा २१ को उपधारा ‘झ’बमोजिम पत्रकार लोकराज अवस्थी (बझाङ), विमल ज्ञवाली (रुपन्देही), देवेन्द्र बस्नेत (दाङ) र रेखा भुसाल (रुपन्देही)लाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका हुन् ।

युनियनका महासचिव दिलिप पौडेलले युनियनको विधानको परिधिमा रहेर पदीय जिम्मेवारीअनुसार संगठन विस्तार, पत्रकारिता क्षेत्रको विकासका लागि भूमिका खेल्ने अपेक्षा युनियनले लिएको बताए ।लम्साल वि.सं. २०७९ साउनमा हेटौंडामा सम्पन्न नवौँ महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित बताएका थिए ।

प्रतिक्रिया दिनुहोस