काठमाडौँ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। कैलालीको कैलारी गाउँपालिका–३ सुर्मिनलाबाट अवैध लागुऔषध ब्राउनसुगर ८ सय ३० मिलिग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–१४ सि गाउँ बस्ने २७ वर्षीय बिक्रम लामिछाने मगर, सोही ठाउँ बस्ने १८ वर्षीय र १७ वर्षीय दुई किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–०११ प ७८४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
रूपन्देहीबमे सैनामैना नगरपालिका–४ कुस्माबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय मनिस दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
धादिङको गल्छी गाउँपालिका–६ महेसदोभानबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलोसहित गजुरी गाउँपालिका(७ किरानचोक बस्ने ५० वर्षीय भगवान पण्डितसमेत दुईजनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले बाप्र ०३००१ ह ११४२ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ
बैंकिङ कसुरमा २० लाख जरिवाना ठहर भएका प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ
महँगा भाँडा र तामाका तार चोर्ने ४ जना पोखराबाट पक्राउ
वैदेशिक रोजगारीको नाममा ११ करोड ठगी गर्ने दुई जना पक्राउ
विद्यालयको कम्प्युटर चोरेको आरोपमा ३ युवक पक्राउ