काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यक्रम बैठकमा समानुपातिक निर्वाचन प्रणाली खारेजीको आवाज उठेको छ । कांग्रेस केन्द्रीय सदस्य राजेन्द्र केसीले समानुपातिक निर्वाचन प्रणाली स्थिर सरकारको बाधक भएको बताए ।
बैठकमा उनले भने, ‘गठबन्धनबाट चुनावमा जाँदा देशलाई स्थिर सरकार दिन्छौँ भनेका थियौँ । त्यसको परिणाम राम्रै आयो । तर ४० प्रतिशत समानुपातिक सांसद हुने व्यवस्था स्थिर सरकारका लागि बाधक छ ।’
सरकार निर्माणको तागत ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीमा रहेको केसीको भनाइ छ । ‘११० जना समानुपातिक सांसदलाई राष्ट्रिय सभामा व्यवस्थापन गर्न सकिन्छ । यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ ।’
यस्तै उनले पार्टी सदस्यता थप्नेभन्दा पनि गुणस्तरीय बनाउने कुरामा ध्यान दिनुपर्ने बताए । ‘८ लाख क्रियाशील सदस्यको घरबाट मात्र मत आउँदा हाम्रो समानुपातिकमा ३४ लाख मत आउनुपर्ने देखिन्छ,’ उनी भन्छन्, ‘तर हामीले २७ लाख मात्र मत पायौँ । त्यसैले सदस्यता बढाएर मात्र भोट बढ्छ भन्ने कुराबाट टाढा जानुपर्छ । सदस्यता गुणस्तरीय बनाउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)