काठमाडौं । नेपाली कांग्रेसमा डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग भएको छ । जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै चन्द्रमोहन यादवले कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने प्रस्ताव गरे ।
पार्टीको रिक्त रहेको वरिष्ठ नेतामा डा. शेखर कोइरालालाई बनाउनुपर्नेमा उनको जोड छ । अहिलेसम्म सभापति र महामन्त्रीहरूसँग आफूहरूले भेट्न नसकेको भन्दै यादवले पार्टी कार्यालयमा नियमित आउनुपर्ने माग गरे ।
बैठकका सबै कुरा लाइभ गर्न नसकिने उनको भनाइ छ । यादवले भने, ‘लाइभ गरेकोमा पहिलो दिन म पनि हौसिएको थिएँ । तर, मैले अनुभव गरेको सबै कुरालाई लाइभ गर्न नसकिँदो रहेछ यो मेरो धारणा हो । हामी अर्को पार्टीको जुन स्तरको पनि कुरा हामीले गरिरहेका हुन्छौं ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)