काठमाडौं । नेपाली कांग्रेसमा डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग भएको छ । जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै चन्द्रमोहन यादवले कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने प्रस्ताव गरे ।
पार्टीको रिक्त रहेको वरिष्ठ नेतामा डा. शेखर कोइरालालाई बनाउनुपर्नेमा उनको जोड छ । अहिलेसम्म सभापति र महामन्त्रीहरूसँग आफूहरूले भेट्न नसकेको भन्दै यादवले पार्टी कार्यालयमा नियमित आउनुपर्ने माग गरे ।
बैठकका सबै कुरा लाइभ गर्न नसकिने उनको भनाइ छ । यादवले भने, ‘लाइभ गरेकोमा पहिलो दिन म पनि हौसिएको थिएँ । तर, मैले अनुभव गरेको सबै कुरालाई लाइभ गर्न नसकिँदो रहेछ यो मेरो धारणा हो । हामी अर्को पार्टीको जुन स्तरको पनि कुरा हामीले गरिरहेका हुन्छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवालाई भेट्न महाराजगन्ज जाँदै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता आज
काँग्रेसको त्रिपक्षीय बैठक सकियो, दिउँसो फेरि बस्ने
कांग्रेस विवाद मिलाउन यी नेताले गदैछन् वार्ता
कांग्रेस विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने