काठमाडौंको सिनामंगलमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली घटनास्थल जाँदै

सफल खबर संवाददाता

बुधबार, ०३ साउन २०८०, १२ : ०६
काठमाडौंको सिनामंगलमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली घटनास्थल जाँदै

काठमाडौं। काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । 

 

उनका अनुसार शंकास्पद वस्तु फेला नेपाली सेनाको टोलीलाई खबर गरिएको छ ।  केही समयमा सेनाको टोली आइपुग्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस