कांग्रेस रुपान्तरण अभियानले बुझायो सुझाव प्रतिवेदन (पूर्णपाठसहित)

सफल खबर संवाददाता

मंगलबार, ०२ साउन २०८०, १३ : ०६
कांग्रेस रुपान्तरण अभियानले बुझायो सुझाव प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेस रुपान्तरण अभियानले सुझावसहितको प्रतिवेदन बुझाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् सभापति शेरबहादुर देउवालाई सुझाव प्रतिवेदन बुझाएको नेता गुरूराज घिमिरे जानकारी दिए।

रुपान्तरण अभियानले केन्द्रीय समिति बैठक अघि सुझावसहितको प्रतिवेदन सभापति देउवालाई बुझाउने तयारी गरेपनि उनले अस्वीकार गरेका थिए। त्यसपछि घिमिरे नेतृत्वको टोलीले आज केन्द्रीय समितिको बैठक बस्नुअघि २१ बुँदाको सुझावसहितको प्रतिवदेन केन्द्रीय कार्यालयमा बुझाएको हो। समिति बैठक दिउँसो १ बजे बस्दैछ।

प्रतिवेदन बुझाएपछि घिमिरेले भने,'सुझाव प्रतिवेदन सभापति देउवालाई बुझाउन समय माग गरेका थियौं। तर उहाँ राजनीतिक घटनाक्रमले देखिएको व्यस्तताका कारण हामीले समय पाउन सकेनौं। त्यसैले सभापतिसमक्ष पुगोस् भनेर मुख्यसचिव पौडेलमार्फत् सुझाव प्रतिवेदन बुझाएका हौं। पार्टीका अन्य नेताहरू र पदाधिकारीहरूलाई बुझाउने तयारी गरेका छौं।'

उनले  रुपान्तरण अभियानको एकचरण पूरा गरेको बताए। कांग्रेसले गत जेठमा सातै प्रदेशमा रुपान्तरण अभियान सञ्‍चालन गरेको थियो।

प्रतिक्रिया दिनुहोस