काठमाडौँ । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको ३ करोड ९ लाख ५५ हजार २१ रुपैयाँ भुक्तानी गरेको छ ।
एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको आषाढ महिनाको किस्ताबापतको सो रकम भुक्तानी गरेको हो ।
यस अघि निगमले २०७९ साल आसारदेखि चैतसम्ममा २ अर्व ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए । वर्तमान नेतृत्वले जिम्मेवारी सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको उनको भनाइ छ । नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मत सम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको पौडेलले बताए । निगमले विभिन्न निकायहरुमा रहेका पुराना वक्यौता रकम तिरेको छ भने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आइरहेको छ ।
यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरि निर्माता कम्पनीसँग खरीद गर्ने कार्ययोजना समेत तिव्र गतिमा अघि वढाइएको पौडेलले बताए ।
नयाँ ३ वटा जहाज खरीद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा दिन सकिने निगमको भनाइ छ । साथसाथै पर्यटन प्रबद्र्धन हुने, भाडा दरमा सन्तुलन कायम हुने र समग्रसेवा नै प्रभावकारी हुने एयरलाइन्सको विश्वास छ ,
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ साउन २०८०, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन
नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए
नेपाल एयरलाइन्सको मकालु विमानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान
नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन