काठमाडौं । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको बिरोधमा मेनपावर व्यवसायीले अध्यागमन कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगएतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण कामदारहरु फर्काइरहेको भन्दै आईतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बिरोध प्रदर्शन गरेको हो ।
उनीहरुले अध्यागमनको बिना कारण विदेश जानबाट रोक्ने कदमले व्यवसाय गर्न समस्या हुने भन्दै उनीहरुले बिरोध गरेका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिना कारण अध्यागमन विभागले कामदार विदेश जनबाट रोकेका कारण बिरोध गर्नुपरेको बताए ।
उनले अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरुलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने चेतावनी दिए । उनले अध्यागमनले कामदारलाई विदेश जान नदिने हो भने व्यवसाय नै बन्द गर्ने चेतावनी समेत दिए ।
आन्दोलनकारीहरुले अध्यागमनमा हुने अनियमितता छानबिन गर, अध्यागमनबाट श्रमीक फर्काउने कार्य बन्द गर, वैदेशिक रोजगारीमा जाने श्रमीकलाई दुःख दिने काम बन्द गर, भिजिट भिसामा हुने सेटिङ बन्द गर, अध्यागमनको ज्यादती बन्द गर, अध्यागमनका महानिर्देशक राजीनामा दे, व्यवसायीलाई दुःख दिने कार्य बन्द गर लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै बिरोध प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क र कुलमानका समर्थकद्वारा शीतल निवास अगाडि प्रदर्शन
हेटौँडामा पनि जेनजीको प्रदर्शन
कालोपट्टी बाँधेर निजी विद्यालय सञ्चालकले गरे प्रदर्शन
बालुवाटारमा प्रदर्शन गरेपछि नेविसंघका नेताहरू पक्राउ
प्यालेस्टाइन र इरानमाथिको हमलाविरुद्ध माओवादी र नेकपा एससहित १२ दलले काठमाडौँमा प्रदर्शन गर्ने
केन्यामा हिंसात्मक प्रदर्शनमा ११ जनाको मृत्यु, ५६७ जना पक्राउ