काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य आइतबारदेखि लागू गर्ने भएको छ । भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागू गरिने निगमले जनाएको हो ।
पूर्ण स्वचालित मूल्य प्रणाली लागू गर्दा आयल निगमको प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम राखेर भारतबाट आउने मूल्य अनुसार उपभोक्ताले लाभ पाउने गरी मूल्य घटाउने र मूल्य बढ्दा पनि त्यसको भार उपभोक्ताले नै बेहोर्ने गरी मूल्य बढाउने व्यवस्था हुन्छ ।
निगमले ३० अर्ब बक्यौता उठाउन बाँकी रहेकाले एलपी ग्यास बाहेक अन्य पदार्थमा ३ प्रतिशत नाफा राख्ने भएको छ । हाल पेट्रोलियम पदार्थको बिक्री मूल्य ठाउँ अनुसार प्रतिलिटर १ सय ६७ रूपैयाँ ५० पैसादेखि १ सय ७०, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ सय ४७ रूपैयाँ ५० पैसादेखि १ सय ५० रूपैयाँसम्म कायम गरिएको छ ।
यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ सय ३६ रूपैयाँ, अन्तर्राष्ट्रियतर्फ १ दशमलव ३५ डलर कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय रूपैयाँ छ ।
हाल निगमलाई १५ दिनमा १ अर्ब १० करोड नाफा हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची
यसरी जोगियो आयल निगमको अत्याधुनिक भवन, सुरक्षा गार्ड बने नायक
आयल निगममा विज्ञ सञ्चालक सदस्य नियुक्ति गर्न दरखास्त आह्वान
आयल निगम करिब १० अर्ब नाफामा