काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा पार्ट टाइम काम गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले छिमेकी देशहरुसँग मागेर मात्र देश समृद्ध नहुने बताउँदै नेपालको दिगो विकासका लागि स्वदेशभित्र भएका संभावनाहरुको खोजी सुरु गर्नुपर्ने बताइन् ।
उनले भनिन्–‘नेपालको अर्थतन्त्र चलायमान बनाउनुपर्छ । नेपालमा आन्तरिक श्रमबजारहरुको खोजी गरिनुपर्छ । नेपालमा पार्ट टाइम जब सिष्टमको सुरुवाता गरिनुपर्छ । अर्थतन्त्रलाई कर र सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक छ ।
पार्ट टाइम कामदारलाई घण्टा अथवा दिएको कामको आधारमा बैंकिङ च्यानलमार्फत भुक्तानीको विकास गरिनुपर्छ । यसो गर्दा युवाहरुमा श्रम संस्कृतिको विकास भई युवाहरु आर्थिक हिसाबले आत्मनिर्भर हुन सक्छन् ।’
यसबारे सरकारले के तयारी गर्दैछ भनेर उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसँग जवाफ मागेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ असार २०८०, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतको जनप्रतिनिधिका अनुहार, काठमाडौं २ मा सोविता गौतममाथि उठेका प्रश्न
सोविता गौतमले निर्वाचन आयोगमा किन गरिन् झुठ्ठो विवरण पेश ?
गगन थापा, सोविता गौतम, शिशिर खनाल लगायतका नेताहरू आयोगको कालोसूचीमा
संसदमा सोविताको प्रश्न-‘मैले बोलेको कुरा जिम्मा लिन्छु, कसैले नबुझ्दैमा मेरो भनाइ हटाउनुपर्ने' ?
रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्योः सोविता गौतम