२० वर्षीया महिलामाथि जंगलमा जबरजस्ती करणी, एकजना पक्राउ

सफल खबर संवाददाता

बुधबार, २७ असार २०८०, २० : ३१
२० वर्षीया महिलामाथि जंगलमा जबरजस्ती करणी, एकजना पक्राउ

काठमाडौ । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीको कालिगण्डकी गाउँपालिका–७ छापचौर बस्ने २८ वर्षीय बिमल हमाललाई प्रहरीले पक्राउ गरेको छ ।

हमालले ती महिलालाई बागलुङ नगरपालिका–१ मालढुंगास्थित जंगलमा सोमवार जबरजस्ती गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

हमालले जैमिनी नगरपालिका–४ रातोबारी बस्ने यामबहादुर क्षेत्रीको घरबाट विभिन्न सुनका गरगहना र नगद चोरी गरेको खुल्न आएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।