फेरि मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य, जनमतबाट मन्त्री सिफारिस

पत्रपत्रिकाबाट

बुधबार, २७ असार २०८०, ०८ : ०६
फेरि मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य, जनमतबाट मन्त्री सिफारिस

काठमाडौं । जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ ।

पार्टीका तर्फबाट अनितादेवी साहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको जनमत पार्टी स्रोतले जनाएको छ । साह जनमत पार्टीको कार्यकारिणी सदस्य एंव सांसद हुन् ।

प्रधानमन्त्री प्रचण्ड जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आन्तरिक गृहकार्यमा जुटेका थिए । प्रधानमन्त्री प्रचण्डले यस विषयमा जनमत पार्टीका अध्यक्ष डा राउतसँग पटकपटक छलफल गर्दै आएका थिए ।

पछिल्लो समय सोमबार प्रधानमन्त्री प्रचण्ड र राउतका बीचमा सरकारमा सहभागी हुने’बारेमा छलफल भएको जनमत पार्टी महासचिव चन्दन सिंहले बताए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस