काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेका छन्।
अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार उनलाई सो पदमा नियुक्त गरेका हुन्। शाही पार्टीका प्रमुख सचेतकको जिम्मेवारीमा समेत रहेका छन्।
त्यसैगरी अध्यक्ष लिङ्देनले कर्णाली प्रदेशको सहसंयोजकमा पार्टीका सहमहामन्त्री धनबहादुर बुढालाई नियुक्त गरेका छन्।
पार्टीका गतिविधिलाई जनस्तरमा पुर्याएर संगठनलाई सुदृढीकरण गर्न शाही र बुढालाई नयाँ जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ ।
यसअघि पार्टीले सातवटै प्रदेशमा पार्टीका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाले ज्ञानेन्द्र शाहीको कमाण्डमा मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने
सभामुखलाई ज्ञानेन्द्र शाहीको ८ बुँदे सुझाव
प्रधानमन्त्री परिवर्तनले मात्रै जनताको जीवनस्तर सुधार हुँदैन : ज्ञानेन्द्र शाही
अब सञ्चारमन्त्रीलाई जनताले हराउँछन् : ज्ञानेन्द्र शाही
ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’