काठमाडौँ । बारामा १०५ किलो लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार बिहान जितपुरसिमरा उपमहानगरपालिका २२ बाट अवैध लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको हो ।
ना१क ३२०५ नम्बरको ट्रकमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । पूर्व पश्चिम राजमार्गको चुरिया माई मन्दिर नजिक नालामा पल्टिएको ट्रकमा चेक जाँच गर्दा उक्त गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रक चालक र सहचालक फरार रहेका छन् । ट्रक चालकलगायत उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ असार २०८०, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद
लागूऔषधसहित युवक रौतहटमा पक्राउ