काठमाडौ । चालुु आर्थिक वर्षको ११ महिनामा आधा अर्ब रुपैयाँ बराबरको खानेपानी निर्यात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठ महिनासम्म ५४ करोड ३२ लाख १८ हजार रुपियाँको ८२ लाख १७ हजार ८८३ लिटर पानी निर्यात भएको हो ।
स्वदेशी पानीको माग बढ्दै गएकाले चालुु आवको सुरुदेखि नै पानीको निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छ । ११ महिनाको अवधिमा सबैभन्दा धेरै पानी छिमेकी मुलुक भारतमा ५४ करोड २३ लाख ६४ हजार रुपियाँ ८२ लाख ८२२ लिटर निर्यात भएको तथ्याङ्क छ ।
जर्मनी, जापान, युनाइटेड अरब, अस्ट्रेलिया, हङकङ, भुटानमा स्वदेशी पानी निर्यात भएको तथ्याङ्क छ । पछिल्लो समय नियमित रूपमा स्वदेशी उच्च गुणस्तरको पानी विभिन्न देशमा निर्यात हुने गरेको खबर गोरखापत्रले छापेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ असार २०८०, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसमा पानीको समस्या समाधान गर्न संघीयमन्त्रीहरू बीच छलफल
दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने
दैनिक ८ करोड लिटर पानी ल्याएर काठमाडौँमा वितरण गरिदै
बाली लगाउने बेला सधैँ पानी र बीउको पिरोलो
आज विश्व पानी दिवस मनाइँदै
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी