धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट गाडी दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको छ ।
सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकबाट मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको हो । शोक प्रस्ताव पारित भएसँगै प्रदेशसभाको बैठक स्थगीत भएको छ । सभामुख भीमबहादुर भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगीत भएको जानकारी दिएका छन् ।
प्रदेशका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले असार १ गते अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि सोमबार पहिलो पटक प्रदेशसभाको बैठक बसेको हो ।सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरुले बजेटप्रती असन्तुष्टि जनाएपछि प्रदेशसभाको बैठक बस्ने सकेको थिएन तर सभामुख भण्डारीले पहलकदमी लिएर संसद चलाउने वातावरण बनाएका हुन् ।
अब बस्ने बैठकमा बजेटमाथिको छलफल अघि बढ्ने प्रदेश सरकारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी