प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित

सफल खबर संवाददाता

सोमबार, २५ असार २०८०, ०७ : ४७
प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित

काठमाडौ । नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र बाहिरिएको छ ।

नर्सिङ काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ वनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको भन्दै सम्पूर्ण परीक्षाफल प्रकाशन हाललाई स्थगित गरिएको छ ।

काउन्सिलका  अध्यक्ष  सरला  केसीका  अनुसार  प्रश्नपत्र बाहिर लैजाने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु छ ।

उनले उक्त प्रश्नपत्र फेसबुकको समूहमार्फत बाहिर गएको जानकारी दिँदै यस विषयमा प्रहरीको साइबर ब्युरोबाट अनुसन्धान भइरहेको र त्यसको अनुसन्धानपछि मात्र परीक्षाफल प्रकाशित गर्नेबारे निर्णय लिइने बताइन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस