काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदन हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको ईजलासमा आइतबारको लागि पेशी तोकिएपनि हेर्न नभ्याईनेमा परेको हो ।
कोशी प्रदेशमा सभामुखको समथर्नमा गठन भएको उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै शुक्रबार नेकपा एमालेका हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
असार २१ गते कोशी प्रदेशमा सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमको हस्ताक्षर सहित बहुमत पुर्याएर थापा नेतृत्वको सरकार गठन गरेको थियो । एमालेका नेता कार्कीले दायर गरेको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभामुख बाबुराम गौतम लगायतलाई विपक्षी बनाइएको छ ।
कार्कीले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गर्नुभएको छ । असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि पनि कार्कीले परमादेश माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग