काठमाडौँ । संसद्को गतिरोध अन्त्य भएको छ । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल कमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेपछि संसद् अवरोध खुल्ने भएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले तीन नेताको छलफलपछि संसद्को गतिरोध अन्त्य भएको बताए । उनले भने, ‘आज तीन बजे बैठक बस्छ । प्रधानमन्त्रीजीले आफ्नो धारणा राख्नु हुन्छ ,’ उनले भने । प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको थियो ।
प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग गरेको थियो ।बैठकपछि एमाले अध्यक्ष ओलीले भने सञ्चारकर्मीहरुसँग ‘भरे देख्नुहुन्छ’ भन्ने छोटो प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टर्की संसद्मा मन्त्री शपथ ग्रहणको क्रममा सांसदहरूबीच झडप, केही घाइते
यस्तो छ संसद्मा पहिलो पटक प्रधानमन्त्री कार्कीले गरेको सम्बोधनको पूर्णपाठ
संसद् विघटन नगर्न बिन्ती गर्दै सीके राउतले अघि सारे सातबुँदे प्रस्ताव
संसद्को लाइभ बन्द हुने
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
आज सङ्घीय संसद्का दुवै सदनकाे बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची