काठमाडौँ । अफगानिस्तानले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा बलियो बङ्गलादेशमाथि एक सय ४२ रनको सजिलो जित हासिल गरेको छ । दोस्रो सफलतासँगै अफगानिस्तानले अन्तिम खेल अगावै एक दिवसीय शृङ्खला पनि २—० ले आफ्नो पक्षमा पारेको छ ।यसअघि पहिलो खेलमा पनि अफगानिस्तान विजयी भएको थियो । दोस्रो खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ३१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको बङ्गलादेशले भने ४३।२ ओभरमा अलआउट हुनुअघि एक सय ८९ रनमात्र बनाउन सक्यो ।पहिले ब्याटिङमा ओर्लिएको अफगानिस्तानले पालीको गतिलो सुरुआव गरेको थियो । अफगानिस्तानका दुवै ओपनर ब्याट्सम्यानले शतक बनाए । रहमानुल्लाह गुर्बाजले एक सय ४५ रन बनाए । विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाहले एक सय २५ बलमा आठ छक्का र १३ चौका पनि प्रहार गरे ।अर्का ओपनर इब्राहिम जादरनले एक सय रनको योगदान गरे ।
उनले एक सय १९ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । उनीहरुले ओपनिङ विकेटका लागि दुई सय ५६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । बङ्गलादेशका बलर मुस्तफिजुर रहमान, हसन महमुद, सकिब अल हसन र मेहिदी हसनले दुई—दुई विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको बङ्गलादेशका लागि मध्यक्रमका ब्याट्सम्यान मुसफिकर रहिमले सर्वाधिक ६९ रन बनाए ।
अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । बङ्गलादेशलाई सस्ताेमा समेट्न अफगानिस्तानका बलर फजालहक फारुकी र मजिब उर रहमानले तीन—तीन विकेट लिए । रसिद खानले दुई र मोहम्मद नावीले एक विकेट हात पारे ।
उक्त खेलमा अफगानिस्तानका रहमुल्लाह गुर्बाज म्यान अफ दी म्याच घोषित भए । तेस्रो एक दिवसीय खेल मंगलबार खेलिने छ । एक दिवसीय शृङ्खलापछि दुवै टोलीबीच टीट्वान्टी शृङ्खला सुरु हुनेछ । हाल अफगानिस्तानको टोली बङ्गलादेश भ्रमणमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेट विश्वकपमा आज दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दै
विश्वकपमा अफगानिस्तानको अर्काे जित, पाकिस्तान ८ विकेटले पराजित
इंग्ल्यान्डविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित
विश्वकप क्रिकेट : अफगानिस्तानले इंग्ल्याण्डलाई दियो २८५ रनको लक्ष्य
विश्वकप क्रिकेटमा अफगानिस्तानले भारतलाई २७२ रन लक्ष्य
अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्प