नेपालमा कुरिलो खेती फस्टाउँदै

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०८०, ११ : १७
नेपालमा कुरिलो खेती फस्टाउँदै

काठमाडौं। नेपालमा पछिल्लो समय बहु वर्षीय कुरिलो बालीबाट मनग्य आम्दानी लिन सकिने भएपछि कृषकहरू आकर्षित छन्। एकपटक लगाएपछि राम्रो तीन÷चार वर्ष पछि राम्रो आम्दानी दिने गरेका छन्। बजारमा अहिले कुरिलो प्रति केजी चार सय देखि नौ सयमा विक्री हुने गरेको छ । कुरिलो सबै भन्दा धेरे उत्पादन गर्नेमा एसिया भएपनि नेपालमा भने भर्खर भर्खर मात्रै कुरिलोको व्यवसायी खेती गर्न थालेका छन्। 

धनकुटाका जिवन राइले विगत एक वर्ष देखि करिब एक हजार कुरिलोको विरुवा उत्पादन गर्दै आएका छन्। नेपालमा यसको वीउ उत्पादन सम्भावना भएता पनि सरकारले चासो नदिना सबै वीउ बाहिरबाट आयात गर्नु परेको उनी बताउँछन्। फाटफुट लानेलाई प्रति कोटा ५० रुपैंया र धेरै लानेलाई ३० रुपैंया प्रति विरुवाको उनले पैसा लिने गरेको छ । 

उनले कुरिलो खेती गर्ने भन्दा पनि कुरिलोको वीउ बढी उत्पादन गर्दै आएका छन्। ‘बजारमा अहिले विरुवाको माग एक दम धेरै छ ।’ राई भन्छन, ‘यसलाई प्रचार प्रसार पुगेको छैन, अब यस खेतीलाई व्यवस्थित गरेर लैजानु पर्छ भन्नेमा म लागी रोखेको छु ।’व्यवसायी खेतीको ठुलो सम्भावना बोकेको भएता पनि थोरै किसानले मात्र व्यवसायी खेती सुरु गरेको राई बताउँछन्। ‘कुरिलो बहुुवर्षिय बाली भएकाले विरुवा रोपेको करिब तीन देखि चार वर्ष कुर्नु उनले बताए। यसको एउटा विरुवा तयारी गर्नलाई एक वर्ष लाग्ने गरेको उनले बताए। नेपालीहरुमा त्यो धैरे गर्ने क्षमता छैन। ‘त्यतीजेलसम्म त उनीहरु बैदेशिक रोजकारीमा गयो भने त आफ्नो तत्कालको खाँचो र आफ्नो तत्कालको आवश्यकता पुरा हुन्छ’ उनले भने ।

अहिले कुरिलो खेती भन्दा पनि व्यवसायीक विरुवा उत्पादनमा लागि परिरहेको उनी बताउँछन्। अहिले बजारमा कुरिलो विरुवाको राम्रो माग रहेकाले अब थप विरुवा उत्पादन गर्नेमा जोड दिएको उनले बताए। अहिले विरुवा उत्पादन गर्नका लागि हामीले तयारीहरु बनाउँदै छौ। उनले भने, ‘हामीले एक लट उत्पादन गरेको एक वर्ष भयो, त्यो सबै बेचि सकेका छौँ।’विश्वमा सबै भन्दा बढी कुरिलो उत्पादन गर्ने देशमा जापान रहेको र पछिल्लो समय दक्षिण कोरिया, थाइल्याण्ड उत्पादन गर्दै आएको राई बताउँछन्। ‘कुरिलोबाट भिटामिन एक दम धेरै पाइने भएकाले यसको व्यवसायिक खेती गर्न आश्वक रहेको छ। कुरिलोलाई तरकारी र अचारको रुपमा खाने सकिने र यसको जराबाट पनि पिठो सकिन्छ, गाई वस्तुलाई खुवाउँदा पनि यसले दुध उत्पादनमा एक दम धेरै दिन्छ।’

नवलपरासी मध्यविन्दु नगरपालीका वडा ३ का पदम बहादुर मोक्तानले ढेड विगा जग्गामा ८ लाख रुपैया लगानीमा कुरिलो खेती गर्दै आएका छन्। गत चैत महिना देखि उनले कुरिलो खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। मलेशियामा कृषि फर्ममा काम गरेर आएकाले नेपाल आएपछि कृषि फर्म खोलेर कुरिलो खेती गरेको उनी बताउँछन्। पहिला बयर खेती गरेको भएता पनि राम्रो आम्दानी नभएपछि अहिले कुरिलो खेती गर्न लागेको उनले बताए। यही खेती गरेर पनि यही नजिकको मान्छेलाई कुरिलोको बारेमा जानकार नभएको उनले बताए। कुरिलो के हो, उनले भने, ‘कुरिलोको तरकारी कस्तो हुन्छ भन्ने कुरा यहाँको मान्छेलाई पनि थाहाँ छैन।’
नवलपरासीको स्थानीय बजारमा दैनिक ७० केजी कुरीलो विक्री गर्दै आएको मोक्तानको भनाई छ। २० केजी मात्र उनले काठमाडौं निर्यात गर्र्दै आएको छ। स्थानीय बजार र हाट बजारमा विक्री गर्दै आएको छु’ उनी बताउँछन्, ‘अहिले मैले घर दैलो कार्यक्रम, अनलाईन कार्यक्रम सुरुवात गरेको छु।’

दैनिक १ सय ५० केजी हुनु पर्ने भएता पनि पानी थोरै मात्र परेकाले ९० केजी मात्र उत्पादन भइरहेको उनी बताउँछन्। मैले पाँच विगा जग्गा लिजमा लिएर घास, मकै, बयर, कुरिलो र बाख्रा पालदै आएको उनले बताए। अहिले बजरमा कुरिलोको राम्रो माग छ। उनले भने, ‘अब सबै जग्गामा कुरिलो खेती गर्ने सोचमा छ ु।’
अहिले कुरिलोको वीउ जता जतै नपाउने भएकाले कुरिलो खेतीमा समस्या भएको उनले बताए।  अवस्था छ। अहिले स्थानीय बजारमा प्रति केती ३ सय रुपैंयाको दरले कुरिलो विक्री गर्दै आएको उनले बताए। व्यापारीहरुलाई चाहि होलसेलमा २५० रुपैंया प्रति केजीको दरले बिक्री गर्र्दै आएको उनले बताए। नेपालमा ग¥यो भने तरकारीमा एक दम राम्रो भविषय छ। उनले भने। 

‘तर, भनेको बेलामा किसानले विउ विजन पाउन मुस्किल हुन्छ। झोलामा भएकाहरुलाई मात्र अनुदान दिन्छ। जो बास्तविक किसान छ उसले सिँचाई पाउन सकेका छैनन्। समयमा मल पाउन सकेका छैनन। यो कारणले गर्दा चाहि किसानले मारमा परेका छन्। विचौलियाको एक दम धेरै ठगेको हुनाले पाँच सयमा पाउने वीउलाई १ हजार भन्दा बढी लिन्छ। २८ रुपैंयामा पाउने युरिया मललाई ५० रुपैंया पु¥याएको छ। त्यसैले गर्दा नेपाली युवाहरु कृषिमा भभिषय छैन भेर पलायन भएका छन्।’
मोराङ सुन्दरहरैचा नगरपालीका–३ मा  पुष्पा ढकालले विगत चार वर्ष देखि १० कट्ठामा कुरिलो खेती गर्दै आएका छन्। सुरुमा विरुवा उत्पादन गरेर खेती सुरु गरेको उनले बताए। २० वर्ष अघि गाउँमा एक जना मान्छेले संस्थागत रुपमा विरुवा ल्याएर रोप्दा त्यती बेला खासै ध्यान दिएन जम्मा १० बोट मात्र रोपिएको उनले बताए। धेरै बेरोजगारी भएपछि यो खेतीको सुरुवात गरेको उनले बताए। पहेलेको मान्छेलाई सोधेर मैले खेती गनै सुरु गरेको हो। उनले भने, ‘बेरोजार भएपनि यो खेतीको सम्झना आयो।’

दैनिक ४० केजी उत्पादन हुनु पर्ने भएतापनि पानी नपरेकाले २५ केजी मात्र उत्पादन हुदै आएको उनी बताउँछन्। यो खेतीलाई ठ्याक्कै घाम पानी मिल्न सके धेरै उत्पादन हुने उनले बताए। उनले अहिले व्यापारीलाई प्रति केजी दुई सय रुपैंयाको दरले दिदै आएको बताए। कोभिडको समय देखि उनले उत्पादन सुरु गरेका थिए। गत वर्ष मैले ८ लाख रुपैंयाको कुरिलो विक्री गरेको उनले बताए। कोभीडको बेला ान्छेहरुले जरा सहित लान खोजे। उनले भने, ‘त्यो बेलाको भन्दा अहिले उत्पादन पनि बढेको छ।’झापाको अर्जुनधारा नगरपालीका–१ मा हरिवंशा तिमलशिनाले १० कट्ठा जमिनमा कुरिलो खेती गर्दै आएका छन्।

गत वर्षबाट उनले दैनिक १२ केजी व्यवसायीक कुरिलो उत्पादन गर्दै आएको छ। स्थानीय बजारमा प्रति केजी ९ सैय रुपैयाले विक्री गर्दै आएको छ भने होलसेलमा प्रति केजी ६ सय रुपैंयाले विक्री वितरण गर्दै आएको उनले बताए। गत वर्ष धेरै उत्पादन भएकाले काठमाडौंमा समेत निर्यात गरेको थियो उनले भने, ‘यस वर्ष थोरै उत्पादन भएकाले स्थानी बजारमा नै खपत हुने गरेको छ।’कालीमाटी फलफुल तरकारी बजारमा प्रति केजी २७ हजर ५ सय रुपैंया रहेको छ। चालु आर्थिक वर्षमा नेपालमा २९ हजारको कुरिलो आयात भएको छ। गत आर्थिक वर्षमा नेपाल दुई लाख २० हजार रुपैंयाको कुरिलो आयात भएको थियो।

प्रतिक्रिया दिनुहोस