काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्केका छन् । दिउँसो १२ बजे श्रीलङ्कन एयरको युएल १८१ उडानबाट उनी स्वदेश फर्केको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
उनका अनुसार श्रीलङ्कन कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एशियाका कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान गरेका थिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गरेका थिए । श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल भएको उनको सचिवालयले जनाएको छ ।
यसैगरी अध्यक्ष नेपालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री निवासमा करिब एक घन्टा पाँच मिनेट लामो शिष्टाचार भेटमा दुई देशको भाइचारा सम्बन्ध, एशियाका मुलुकमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।
उक्त शिष्टाचार भेटमा नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको जनाउँदै दुवै देशले एकअर्कालाई आवश्यक सहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा