धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपलिका-३ र ८ बाट तीन जनालाई पक्राउ गरिएको हो ।
धनगढी उपमहानगरपालिका-३ को सब्जिमण्डीबाट १९० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) २० वर्षीय ज्ञानु धामी र २० वर्षकै मनोज केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।
जिप्रकाबाट खटिएको टोलीले गएराति शंकाका आधारमा उनीहरुलाई चेकजाँच गर्दा लागुऔषधसहित पक्राउ गरेको डीएसपी चन्दले बताए । यस्तै वडा नम्बर ८ को धनगढी गाउँबाट छ मिलिग्राम लागुऔषध (खैरो हेरोईन) सहित ३४ वर्षीय राम बिलाश रानालाई पक्राउ गरिएको छ ।उनलाई बुधबार साँझतिर पक्राउ गरेको हो । उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ
रौतहटमा नक्कली नोटसहित तीनजना पक्राउ
जेनजीका नाममा सरकारी कार्यालयमा आगजनीमा संलग्नको आरोपमा पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ
महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ