श्रीलंकालाई विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त

एजेन्सी

बुधबार, २० असार २०८०, ०९ : ५४
श्रीलंकालाई विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त

एजेन्सी । श्रीलंकाले विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त गरेको छ।

श्रीलंकाका अर्थ राज्यमन्त्री शेहान सेमासिंघेले मंगलबार विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त भएको बताएका छन्।

कोलम्बोमा पत्रकारहरूसँग कुरा गर्दै सेमासिंघेले विश्व बैंकले श्रीलंकाका लागि बजेट र कल्याणकारी सहयोगका रूपमा जुन महिनामा ७० करोड डलर स्वीकृत गरेको बताएका छन्।

सो रकममध्ये पाँच सय मिलियन डलर लचिलोपन, स्थिरता र आर्थिक परिवर्तन विकास नीति सञ्चालनका लागि विनियोजन गरिएको छ।

यसबाट आर्थिक सुशासनमा सुधार, वृद्धि र प्रतिस्पर्धात्मकता बढाउने र गरिब र कमजोरहरूलाई संरक्षण गर्ने सुधारहरूलाई समर्थन गर्ने अपेक्षा गरिएको छ।

राज्यमन्त्री सेमासिंघेले यो कोषले देशलाई बृहत् आर्थिक स्थायित्व र दिगोपन पुन:स्थापना गर्ने, गरिबी र जोखिममा परेका प्रभावलाई न्यूनीकरण गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस