काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा सार्वजनिक गर्ने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डको बाेर्ड बैठक बुधबार बस्दैछ।
बाेर्डले गत चैतमा भएको एसइई परीक्षाको नतिजा अबको दुई दिनभित्र प्रकाशन गर्ने गरी अन्तिम तयारी भएको जनाएको छ।
सके बिहीबार नसके शुक्रबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेकाे बाेर्डकाे भनाइ छ।चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन एसइईमा देशभरबाट झण्डै ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए।
बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ ।यसपटक पनि एसइईको नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसइईको पहिलो दिनदेखि उत्तरपुस्तिका परीक्षण सुरु
आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी
एसइई परीक्षाको तयारी पूरा, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै
एसइईको समय तालिका सार्वजनिक
१४ वर्ष उमेर पूरा नभई माध्यमिक शिक्षा परीक्षा-एसइई दिन नपाइने
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा