कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई अघि बढाउने कांग्रेसको निर्णय

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, २० : ०६
कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई अघि बढाउने कांग्रेसको निर्णय

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले प्रदेश सभापति उद्धव थापालाई अघि बढाउने निर्णय गरेको छ । आइतबार बसेको कोशी प्रदेश कार्यसमितिको बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको हो ‌

कोशी प्रदेशमा नेकपा (एमाले)को नेतृत्वमा रहेको सरकार ढलेपछि गठबन्धन दहरुमा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने धारणा राखेको छ ।

कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा सत्ता साझेदर दलहरुबीच छलफल चलिरहेका बेला कांग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि बढाउने निर्णय गरेको हो।

साझेदार दलहरुबीच निरन्तर संवाद भइरहेको र कोशीमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएसँगै दलहरुले आ–आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ ।

कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जसपाका एकजना प्रदेशसभा सदस्य गरी सत्ता साझेदार दलमा ४६ छन् भने एमालेका ४० र राप्रपाका ६ सदस्य गरी ४६ जना छन् । नेकपा एमाले पछि कोशी प्रदेशमा दोस्रो ठूलो दल हो ।

प्रतिक्रिया दिनुहोस