इमाडोलबाट नक्कली नोटसहित एक जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, १९ : ५५
इमाडोलबाट नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको इमाडोल बस्ने वर्ष ४२ का प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इमाडोलबाटै पक्राउ गरेको प्रहरीको भनाइ छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिकएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस