प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८० बहुमतले पारित

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, १६ : ०५
प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८० बहुमतले पारित

काठमाडौं  । आर्थिक विधेयक २०८० बहुमतले पारित भएको छ। आइतबार अर्थमन्त्री डा.प्रकाश शरण महतले प्रतिनिधिसभा बैठकमा पारित गरियोस् भनी प्रस्तुत गरेको विधेयक बहुमतले पारित भएको हो।

त्यसअघि अर्थमन्त्री डा.महतले आर्थिक विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए। सो क्रममा अर्थमन्त्री महतले विभिन्न माध्यमबाट करको दायरा बढ्ने दावी गरे। नयाँ करको व्यवस्थापछि आयातकर्ताहरूले प्रोफिट मार्जिन घटाउन बाध्य भएको  उनको भनाइ छ। 

भ्याटको व्यवस्थाले करको दायरालाई फराकिलो बनाउन मद्दत गर्ने उनको भनाइ छ। अर्थमन्त्री महतले भने, ‘धागोमा कर लगाएको कुरा उठेको छ। यसमा कर लगाउँदा रिफण्डको व्यवस्था गरिएको छ। आन्तरिक उत्पादन हुने उद्योग व्यवसायको संरक्षण गर्न सरकार लागिपरेको छ। ’

नेपाली उत्पादकको संरक्षण गर्न भ्याटको बाटोमा जानु परेको बताए। ‘साना किसान गरिब हुन् उनीहरूले बजार पाउनुपर्छ। बिचौलियाको चलखेल तोड्न राज्य संयन्त्र क्रियाशील छ। साना किसानको उत्पादनलाई सरकारले सहयोग गरिरहेको छ। साना साना किसानहरूको संरक्षण नगरिकन गरिबको भलो हुँदैन। सरकार नेपालमै उत्पादन बढाउन चाहन्छ। उत्पादनमा सहुलीयत र अनुदान दिन्छौं।’ 

आर्थिक बजेट प्रतिनिधिसभाबाट पारित भएसँगै सरकारलाई बजेट कार्यान्वयनको बाटो खुलेको हो।

प्रतिक्रिया दिनुहोस