दार्चुला । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर –१ दानुगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको छ । आज बिहान चितुवा मृत अवस्थामा फेला परेको हो । अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय दार्चुलाले जनाएको छ ।
डिभिजन बन कार्यालय दार्चुलाका अनुसार स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गर्दा प्रहरी र सब डिभिजन वनका कर्मचारीको टोली घटनास्थलतर्फ गइरहेको निमित्त डिभिजन बन कार्यालय दार्चुलाका कार्यालय प्रमुख परमानन्द कुँवरले बताए । घटना बारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित