सिमकोट। हुम्लाको सिमकोट गाउँपालिका–८ लिगुखेत बटुमको एक घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति भएको छ । स्थानीय जसवीर शाहीको घरमा आज बिहान बिजुलीको तार सर्ट भएर आगलागी हुँदा घरको तेस्रो र दोस्रो तलामा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
आगलागीबाट घरको तेस्रो र दोस्रो तलामा पूर्ण रुपमा क्षति भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमला भट्टराईले बताइन् ।
“घरमा आगलागी हुँदा शाहीको ढुङ्गा माटोले बनेको तीनतले घर, घरमा भएका गरगहना तथा अन्नपात, काठलगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएका छन्”, उनले भनिन् । सिमकोट–७ मा रहेको धारापोरी प्रहरी चौकीका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा बाढीपहिरोले भेडी गोठका २६ बाख्रा पुरिए
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
हुम्लामा हिमपात
हुम्लामा चैतलो पर्व मनाएर वसन्त ऋतुको स्वागत
सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण
हुम्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गर्दै