एजेन्सी । भारतको महाराष्ट्रस्थित मुम्बई-नागरपुर एक्सप्रेसवेमा एक बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ।
नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुणेतर्फ गईरहेको २९ बीई १८१९ को बसको टायर फुटेर चालकको नियन्त्रणबाहिर गएको थियो। त्यसपछि एक पोलमा ठोक्किँदा बसमा आगो लागेको थियो।
बसमा ३३ जना यात्रु सवार थिए। बुलढानाका प्रहरी उपरीक्षक सुनिल कडासानेले तीमध्ये २५ जनाको मृत्यु भएको पुष्टि गरे।
पोलमा ठोक्किएपछि बसको डिजेल ट्यांकी विस्फोट भएको थियो, त्यसपछि स्पार्कका कारण बसमा आगो लागेको थियो। आगलागीका कारण अधिकांशको जलेर मृत्यु भएको हो। दुर्घटनामा बाँचेका केही यात्रु सिसा तोडेर बाहिर निस्कन सफल भएको कडासानेले बताए।
मृतकहरूको सनाखत हुन सकेको छैन। घाइते यात्रुहरुको बुलढाना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै घटनास्थलमा प्रहरीसहित उद्धार टोली पुगेको थियो। दमकलले बसको आगो निभाएको छ। मृत्यु भएका यात्रुको शव बाहिर निकालेर थप अनुसन्धान भइरहेको बताइएको छ।
दुर्घटनामा बाँचेका यात्रुहरूबाट प्रहरीले घटनाबारे जानकारी लिएको थियो।
एक यात्रुले भने, ‘म छत्रपति संभाजीनगरमा ओर्लन लागेको थिएँ । एक घण्टामा मेरो स्टप हुने भएकाले म ओर्लने तयारी गर्न थालेको थिएँ। त्यसपछि गाडी पल्टियो। म र मेरो साथी तल खस्यौँ।'
उनले अगाडि भनेका छनन्, 'त्यसपपछि हामीले सिसा फोडेर हाम फाल्यौँ। अरुले पनि भाग्ने प्रयास गरिरहेकै थिए, बस पल्टियो। बस पल्टिनेबित्तिकै आगो लाग्यो। आगो बढ्दै गयो। हामीले यात्रुहरूको चिच्याहट सुन्यौं, तर हामीले केही गर्न सकेनौं।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु