काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेज तथा शिक्षालयका सञ्चालकहरूले राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले आफूहरूले अघि सारेका १५ बुँदे माग ७ दिनभित्र सम्बोधन गर्न माग गरेका छन् । चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समितिमार्फत आयोगका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र माग सम्बोधन गर्न भनेका हुन् । संयौंको संख्यामा आयोग कार्यालयमा पुगेका उनीहरूले आयोगका कारण चिकित्सा शिक्षा क्षेत्र तहसनहस भएको बताएका छन् ।
आयोगले आफ्नो स्थापनाको प्रथम वर्ष देखिनै देशभरका चिकित्सा शिक्षाका स्नातक तथा स्नातकोत्तर तहको शुल्क निर्धारण गर्दै आएको छ । शुल्क निर्धारण गर्दा निजी शिक्षण संस्थाहरू तथा सार्वजनिक शिक्षण संस्थाहरूको लागि एउटै शुल्क निर्धारण गर्दै आएको छ । सार्वजनिक वा सरकारी सम्पत्ति प्रयोग गरी स्थापित सार्वजनिक वा सरकारी संस्था र निजी शिक्षण संस्थाहरूमा समान शुल्कको व्यवस्था न्यायोचित नभएको उनीहरूको आरोप छ ।
स्तरउन्नतिको प्रतीक्षामा सास्ती खेपिरहेका शिक्षण संस्थाहरूको स्तर उन्नति सम्बन्धी प्रक्रिया तुरुन्त सम्पन्न गरी यस शैक्षिक वर्षमा विद्यार्थी भर्ना गर्ने वातावरण सिर्जना गर्न उनीहरूले माग गरेका छन् । सीटीईभीटई ऐन २०४ अनुसारको मापदण्डको आधारमा सञ्चालित प्रमाणपत्र तहको भर्ना अवरुद्ध भएका ७३ वटा नर्सिङ कलेजको भर्ना विना सर्त सुचारु गर्न समेत उनीहरूले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असार २०८०, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै
चिकित्सा शिक्षा आयोगले भन्यो– आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिनू
चिकित्सा शिक्षा आयोगमा आवासीय चिकित्सकको घेराउ, कार्यदल खारेज गर्न माग
मेडिकल कलेजमा विदेशी विद्यार्थीको संख्या बढाउन चिकित्सा शिक्षा आयोगमा प्रस्ताव
आवासीय चिकित्सकले गरे चिकित्सा शिक्षा आयोग घेराउ
काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी