काठमाडौं । काठमाडौं महानगरपालिका-१० शंखमुल बस्ने सीता बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौं धुमबराही बस्ने ३५ वर्षीय लक्ष्मण श्रेष्ठ समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बस्नेतको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६५ हजार १ सय २० रूपैयाँ र १० बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असार २०८०, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ