मकवानपुर । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मुस्लिम समुदायमा हर्षोल्लासपूर्वक मनाइँदै गरिएको बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् ।
उनले आज एक शुभकामना सन्देश जारी गर्दै रमजान पर्वको ७०औँ दिनमा मनाइने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली एवं मुसलमान समुदायलाई सुख, शान्ति, समृद्धि एवं दीर्घायुको कामना गरेका छन् । उनले जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र एकताको सूत्रमा बाँधी राख्न यस पर्वबाट प्रेरणा मिओस् भन्ने शुभकामना दिएका छन् ।
प्रदेश प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, “रमजान पर्वको ७०औँ दिनमा मनाइने यस पर्वको सन्दर्भमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमान दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
हिजरी संवत्अनुसार एक हजार चार सय ४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ । मुस्लिम समुदायको अत्यन्त ठूलो पर्वका रूपमा रहेको बकर इदमा रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसी, सद्भाव तथा शुभभावना व्यक्त गर्ने गरिन्छ ।
प्रमुख शर्माले बहुभाषिक, बुहधार्मिक, बहुसांस्कृतिक विविधताले भरिपूर्ण नेपाली समाजमा यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धन गर्न सघाउ पुग्दछ भन्ने आफूले विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा