काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक सम्पदामा चुनाव चिन्ह घन्टी नराख्न अनुरोध गरेको छ । बुधबार साँझ रास्वपाका प्रवक्ता मुकुल ढकालले एक सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिको दुरूपयोग नगर्न भन्दै अनुरोध गरेको हो ।
राजनीतिक वा कुनै पनि बहानामा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नु हुँदैन भन्ने पार्टीको स्पष्ट मान्यता रहेको सम्बन्धित सबैलाई स्मरण गराउँदै पार्टीको नीति तथा मान्यताबाट बाहिर गएर सार्वजनिक सम्पतिको दुरुपयोग नगर्न सूचनामार्फत् रास्वापाले सचेत गराएको छ ।
गत वैशाखमा भएको उपनिर्वाचनमा चितवनका सडकहरूमा घण्टी चिन्हहरू बनाइएका थिए । केही दिन अघि भरतपुर महानगरपालिकाले एक सूचना जारी गर्दै चिन्ह नबनाउन अनुरोध गरेको थियो। रास्वपाले त्यस सूचनाको समर्थन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा
भिजिट भिसा ठगीको आरोपमा डीपी अर्यालविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी
रास्वपाद्वारा २५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे छलफल
गृहमन्त्रीलाई रास्वपाको प्रश्न - मानव तस्करीमा अनुसन्धान नै नगर्ने गरी ९ बुँदे कार्यादेश किन बनाइयो ?
संसद अवरोध जारी राख्ने रास्वपाको निर्णय