काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलीयकरणले शिक्षा क्षेत्र तहसनहस भएको भन्दै प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य हुन नपाउने व्यवस्था गर्न पार्टीभित्र बहसको प्रस्ताव गरेका छन्। उनले प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य नै हुन नपाउने व्यवस्थाका लागि छलफल गरिनुपर्ने बताए।
‘विद्यालय व्यवस्थापन समिति अध्यक्ष, क्याम्पस प्रमुख, उपकुलपतिलगायत कांग्रेस नै बनाउनुपर्नेरु,’ कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को प्रथम क्षेत्रीय सम्मेलनमा थापाले भने, ‘एमालेले विभिन्न नाममा संगठन बनायो भनेर प्रतिस्पर्धामा हामीले पनि कांग्रेस बनाउनु पर्छ भन्ने होडमा शिक्षा क्षेत्र तहसनहस भयो, मानिसहरू त्यो कारणले गर्दा रिसाएका छन्।’ थापाले राखेको यो प्रस्ताव पार्टीभित्र औपचारिक रूपमा छलफलमा प्रवेश पाइसकेको छैन। कांग्रेसले विगत ११ महिनादेखि केन्द्रीइ समिति बैठक नै राखेको छैन। त्रिभुवन विश्वविद्यालयलगायत कुनै पनि विश्वविद्यालयका प्राध्यापक अब कांग्रेसको औपचारिक सदस्य बन्न नपाउने गरी छलफल अघि बढाउनुपर्ने उनले बताए।
‘पार्टीभित्र यो बहस किन नगर्नेरु, राम्रो पढाउने प्राध्यापक राजनीतिमा आउन चाहे राजीनामा दिएर आउन सक्छन्। यो पटक हाम्रो वडामा आएर वडाध्यक्ष, मेयर लडदिनुहोस भनेर भनौंला,’ उनले भने।विभिन्न पेशामा लागेका व्यक्तिहरू राजनीतिमा आउन चाहे उक्त पेशा छाडेर आउन सक्ने बाटो खुला नै रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयोः गगन थापा
‘सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो’ : गगन थापा
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा
सहमतिमा महाधिवेशनमा जानेगरी संवाद गरिरहेको छुः गगन थापा
‘प्रचण्ड’-गगन थापाबीच भेटवार्ता
‘पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै समग्र संगठनलाई एकताबद्ध बनाउने जिम्मेवारी वहन गर्छु’ : गगन थापा