पाकिस्तानमाथि नेपालको जित

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०८०, १९ : ११
पाकिस्तानमाथि नेपालको जित

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा पाकिस्तानलाई १-० ले पराजित गर्दै नेपालले जितसहित प्रतियोगिता अन्त्य गरेको हो ।

नेपालको जितमा आशिष चौधरीले ८० औं मिनेटमा निर्णायक गोल गरे । पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस