काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले बढेर बन्द छ । आज नेप्से ११ दशमलव ६९ अंकले बढेर दुई हजार एक सय २९ दशमलब ४२ विन्दुमा बन्द भएको छ ।
आइतबार नेप्से ६२ दशमलव २१ अंकले बढेर दुई हजार एक सय १७ दशमलब ७३ विन्दुमा बन्द भएको छ । आइतबारको तुलनामा कारोबार रकम भने घटेको छ । आइतबार ६ अर्ब ४९ करोड ४ लाख बराबरको कारोबार भएकोमा आज ५ अर्ब ३१ करोड २४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १२३ कम्पनीको शेयरमूल्य बढेको छ भने ९८ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज आठ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सात वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
आज सबैभन्दा बढी सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ४२ करोड ५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८०, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार