काठमाडौँ । अविरल वर्षाका कारण बाढी तथा पहिरो प्रभावित इलाकाहरूमा नेपाली सेनाका स्थानीय युनिटहरूबाट परिचालित फौजले अन्य निकायहरूका साथै सर्वसाधारणसँगको सहकार्यमा खोज तथा उद्धार कार्य जारी राखेका छन् ।
सेनाका अनुसार मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नजिक हेवाखोलामा अस्थायी प्रयोगको लागि बाँसको फड्के पुल निर्माण गरिएको छ । साथै, पाँचथर जिल्लामा विस्थापित परिवारहरूलाई वितरण गर्नको लागि राहत सामग्री नेपाली सेनाको हेलिकप्टरद्वारा ढुवानी गरी जिल्ला विपद् व्यवस्थापन समिति, पाँचथरलाई बुझाइएको छ ।
यस्तै भोजपुर जिल्लको भोजपुर नगरपालिका-१० साङ्पाङ्ग टोल र डेलीखर्कका स्थानीयहरूको घर माथि गएको पहिरो पन्छाइ रोकथाम गर्ने कार्य गरिएको छ । त्यस्तै सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिका ४, ५ र ७ स्थित हेवावेशी दोभान इलाकामा शव तथा सामानहरूको खोजतलास गर्नुका साथै बाढीका कारण खोलाको बहाव अन्यत्र गएका स्थानहरूमा डोजर लगायतका उपकरणको समेत प्रयोग गरी खोलाको बहावलाई पहिलेकै धारमा ल्याउने कार्य गरिएको छ ।
त्यसैगरी रौतहट जिल्लाको राजदेवी नगरपालिका-३, चण्डीयास्थित बागमती नदीको बिच फाँटमा फसेका स्थानीयहरूलाई सकुशल उद्धार गरिएको छ भने ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका-८ स्थित विलन्दु गाउँका पहिरो पीडितहरूलाई स्थानीय निकायको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह